१२ बैशाख २०८३, शनिबार

मनोहरा सुकुम्बासी बस्तीमा अवरोध : ढुंगा हानेपछि डोजर फर्कियो, भोलि पुनः हटाउने तयारी

भक्तपुर — मनोहरा सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर अनधिकृत संरचना हटाउने क्रममा स्थानीय बासिन्दाले ढुंगा हानी अवरोध सिर्जना गरेपछि डोजर फर्काइएको छ। केही पक्की घर तथा टहरा डोजरले भत्काइरहँदा प्रभावितले अवरोध गरेपछि कार्य स्थगित गरिएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिएका छन्।

एसपी खड्काका अनुसार भोलि बिहान पुनः संरचना हटाउने कार्य सुरु गरिनेछ। सरकारले अतिक्रमित जग्गा खाली गराउने निर्णय गरेपछि सुरु गरिएको यो अभियानमा स्थानीयको तीव्र विरोध भएको छ। अहिले बस्तीमा तनावको स्थिति रहेको र सुरक्षा निकाय घटनास्थलमा परिचालित रहेको एसपी खड्काले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button