१२ बैशाख २०८३, शनिबार

भोल्भो चीन ओपन : ओटेगीको अर्को शानदार पारी, शीर्षमा १६ अण्डर

साङ्घाई — युएई–आधारित प्रो गल्फर एड्रियन ओटेगीले नौ अण्डर ६२ को शानदार पारी खेल्दै भोल्भो चीन ओपनको दोस्रो उपाधि नजिक पुगेका छन्। डीपी वर्ल्ड टुर र चीन टुरद्वारा सह–आयोजित तीन राउण्डपछि ओटेगी १६ अण्डर १९७ को स्कोरसहित शीर्ष स्थानमा छन्।

दिनको सुरुवातमा पाँच सटले पछि परेका ओटेगीले पहिलो होलमा बर्डी, चौथो होलमा चिप–इन इगल गर्दै आक्रामक सुरुवात गरे। उनले पाचौं होलमा एक बोगी गर्नुबाहेक सातौं होलदेखि लगातार पाँच बर्डी प्रहार गरे। १६औं होलमा चिप–इन बर्डी र अन्तिम होलमा अर्को बर्डी गर्दै उनले सशक्त समापन गरे।

“आफूले समापन गरेको तरिका र धैर्यता कायम राखेकोमा म धेरै खुसी छु,” ओटेगीले भने, तर भोलिको अन्तिम राउण्डबारे कुनै भविष्यवाणी गरेनन्। “गल्फ कस्तो हुन्छ भने, हरेक दिन फरक हुन्छ। मेरो खेल राम्रो छ, सबै राम्रै भइरहेको छ। भोलि पनि सोही लय जारी राख्दै आफूलाई अवसर दिन चाहन्छु।”

रातभरिका सह–अगुवा अस्ट्रियाका बर्न्ड विस्बर्गरले ६८ को पारी खेली एक सटले पछि परे। अर्का सह–अगुवा दक्षिण अफ्रिकी सन नोरिसले इभन पार ७१ खेल्दै चार सटले पछि परे। पहिलो राउण्डका अगुवा स्पेनी एलेक्जान्ड्रो डेल रे (७०) पाँच सटले पछि छन्।

विस्बर्गरले लामो समय एक्लै अग्रता कायम राखे पनि १५औं होलमा थ्रि–पुट गरेपछि ओटेगीसँग एक सटले पछि परे। भोलिको अन्तिम दिनको प्रतिस्पर्धाबारे विस्बर्गरले भने, ‘भोलि रमाइलो दिन हुनेछ। एड्रियन उत्कृष्ट खेलाडी हुन्। आफू राम्रो खेलिरहेको छु, त्यसैले भोलि पुनः मैदानमा उत्रन उत्सुक छु।’

चीनका जिन जिहाओ (७१) र पेङ बो (६८) छ खेलाडीको समूहमा रहेको आठ सट पछाडि उत्कृष्ट स्थानीय खेलाडी हुन्। रक्षा गर्दै आइरहेका विजेता वू आशुन (७०) थप एक सटले पछि परेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button