१३ बैशाख २०८३, आईतवार

प्रसारणलाइन नबन्दा आयोजना अलपत्र : प्राधिकरणले माग्यो आरसीओडी संशोधनका लागि कागजात, निजी प्रवर्द्धकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं — नेपाल विद्युत प्राधिकरणले विभिन्न जलविद्युत आयोजनाका प्रवर्द्धकहरूलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) संशोधनका लागि आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै २०७१ भदौ ३१ गतेको ६८८ औं बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीसँग सम्पन्न विद्युत खरिद सम्झौता र ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखित प्राधिकरणको दायित्वमा पर्ने प्रसारण लाइन तथा सबस्टेसन निर्माण कार्य सम्पन्न नभएका कारण उक्त सम्झौता संशोधन गर्न लागिएको जनाएको छ।

प्राधिकरणका अनुसार आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भएको र आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको कागजात पेश गर्नुपर्नेछ। यसैगरी, व्यापारिक उत्पादन सुरु गर्ने मिति समाप्त हुनुअगावै त्यसका लागि प्राधिकरणमा पेश गरेको आवेदन पनि अनिवार्य हुनेछ। साथै, आयोजनाले भौतिक निर्माण कार्य गरी प्राधिकरणको प्रसारण लाइन तथा सबस्टेसनको निर्माण प्रगतिको अनुपातमा प्रगति हासिल गरेको विवरण पनि जरुरी रहेको सूचनामा उल्लेख छ।

निजी क्षेत्रका प्रवर्द्धकहरूले लामो समयदेखि व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति संशोधन गरिदिन आग्रह गर्दै आएका थिए। सोही आग्रहका आधारमा प्राधिकरणले सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरेको उल्लेख गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button