१३ बैशाख २०८३, आईतवार

भीमफेदी कारागार भागेका १३३ कैदीबन्दी अझै फरार, २६ विदेशीको पत्तो छैन, खोजी तीव्र

मकवानपुर — मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन्। गत भदौ २४ गते राति जेनजी आन्दोलनका क्रममा कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ जना मात्र कारागार फर्किएका छन्।

कारागार प्रमुख सुवास पौडेलका अनुसार भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार भएका ७६ गरी जम्मा ३७० कैदीबन्दी सम्पर्कमा आइसकेका छन्। तर, फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ जना मात्र फर्किएका छन् भने बाँकी २६ को अवस्था अज्ञात छ।

अन्य कारागारबाट फरार भई भीमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भीमफेदी कारागारमै रहेको प्रमुख पौडेलले बताए। गत भदौ २४ गते राति करिब १ बजेतिर कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर ‘क’ ब्लकबाट २६० र ‘ख’ ब्लकबाट १८० कैदीबन्दी फरार भएका थिए।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले फरार कैदीबन्दीको खोजी तीव्र पारिएको बताएका छन्। सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button