‘एकल विश्व व्यवस्थाको पतन र बहुध्रुवीयताको उदय’ : दार्शनिक मोन्देखारको विश्लेषण, वास्तविकताको प्रकृतिमाथि पुनर्विचारको आह्वान

विश्वमा एकल सार्वभौम व्यवस्थाको पुरानो निश्चितता बहुआयामिक सभ्यतागत ध्रुवहरूको उदयसँगै ध्वस्त हुँदै गएको छ। यस्तो सङ्क्रमणकालमा दर्शन आफ्नो सबैभन्दा मौलिक प्रश्नमा फर्किनुपर्छ— वास्तविकता स्वयंको प्रकृति के हो?
दार्शनिक सान्तियागो मोन्देखारले ‘द ओन्टोलोजी अफ मल्टिपोलारिटी : फाउन्डेसन्स फर एन एस्काटोलोजिकल रिन्युअल’ (बहुध्रुवीयताको अस्तित्ववाद : एक युगान्तकारी नवीकरणको जग) शीर्षकको विश्लेषणमा आधुनिक पश्चिमको प्रचलित अध्यात्मविद्या लामो समयदेखि एक सतही रूपमा स्वतःस्पष्ट विभाजन— विशेष र सार्वभौम, मूर्त घटना र त्यसलाई नियन्त्रण गर्ने अमूर्त गुण— मा आधारित रहेको तर्क गरेका छन्।
उनको विश्लेषण अनुसार यो विभाजन अब धराशायी हुँदैछ। बहुध्रुवीय विश्व व्यवस्थाको उदयसँगै वास्तविकतालाई बुझ्ने नयाँ ढाँचाको आवश्यकता औंल्याउँदै मोन्देखारले पश्चिमा दर्शनको यो पारम्परिक दृष्टिकोणलाई चुनौती दिएका छन्। उनको यो कृति बहुध्रुवीयताको दार्शनिक आधारशिला तयार गर्ने प्रयासका रूपमा हेरिएको छ।





