१३ बैशाख २०८३, आईतवार

दिल्ली विमानस्थलमा स्विस एयरलाइन्सको विमानको इन्जिनमा आगो, यात्रुको सुरक्षित उद्धार

नयाँ दिल्ली — दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा स्विस इन्टरनेशनल एयरलाइन्सको एक विमानको इन्जिनमा आगो लागेपछि उडान रद्द भएको छ। आइतबार बिहान करिब १:०८ बजेको यस घटनामा कम्तीमा ६ जना यात्रु घाइते भएका छन्। विमानस्थल प्रशासनले सबै यात्रुको तत्काल उद्धार गरिएको जनाएको छ।

दिल्ली–जुरिच उडान (LX 147) मा २२८ यात्रु र ४ शिशु गरी २३२ सवार थिए। घाइते यात्रुलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ। घटनापछि विमानस्थलमा आपत्कालीन अवस्था घोषणा गरिएको थियो।

संलग्न विमान एयरबस ए३३० (HB-JHK) रहेको स्विस एयरलाइन्सले जनाएको छ। एयरलाइन्सले घटनापछि टास्क फोर्स गठन गरेको छ। चालक दलले उडान रद्द गरी सावधानीका रूपमा विमान खाली गराएको एयरलाइन्सको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button