कांग्रेसको कार्यसम्पादन र अनुशासन समिति बैठक सोमबार बस्ने

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा बैठकमा सहभागी हुन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ।
यस्तै, कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक पनि सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा यो जानकारी दिइएको छ।





