१३ बैशाख २०८३, आईतवार

सार्वजनिक खरिद अनुगमन प्रणाली ह्याक प्रकरण : थप दुई जना पक्राउ, पूर्वमन्त्री पाण्डे पहिल्यै थुनामा

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्का विवरण हेरफेर गरेको घटनाको अनुसन्धानका लागि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी शिवकुमार श्रेष्ठका अनुसार इन्कोन प्रालिका शेयरधनी एवं लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगाना पक्राउ परेका हुन्।

पोखरेललाई शनिबार र ढुंगानालाई आइतबार पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए। विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअघि नै ती प्रस्तावका कागजातहरू परिवर्तन गरेको उनीहरूमाथि आरोप छ। यसअघि यसै प्रकरणमा पूर्वमन्त्री एवं राप्रपाका नेता विक्रम पाण्डे पनि पक्राउ परिसकेका छन्। अनुसन्धानका क्रममा थप व्यक्तिहरू पक्राउ पर्ने सम्भावना रहेको ब्युरोले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button