बबईमा भरूवा बन्दुक र मृगको मासुसहित ५० वर्षीय पक्राउ

बबई (सुर्खेत) — बबई गाउँपालिका–५ खएर भट्टीका ५० वर्षीय नोखिराम खड्कालाई प्रहरीले भरूवा बन्दुक र मृगको मासुसहित शनिबार दिउँसो पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले उनको घर नजिकै रहेको गोठबाट एक थान भरूवा बन्दुक र करिब २ किलोग्राम मृगको मासु बरामद गरेको हो। प्रहरीले खड्कालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र थप कारबाहीका लागि उनलाई आवश्यक प्रक्रियामा पठाइने प्रहरीले जनाएको छ। बन्दुक र मासुको स्रोतबारे समेत अनुसन्धान भइरहेको छ।





