१३ बैशाख २०८३, आईतवार

बाजुरामा स्काभेटर दुर्घटना : एक जना बेपत्ता, खोजी जारी

बाजुरा — जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्। सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा नरहरीनाथ गाउँपालिका–२ का १८ वर्षीय महेश रावल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए। दुर्घटनामा चालक र सहचालक भने सकुशल रहेको उनले बताए।

बेपत्ता युवकको खोजीका लागि जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको समन्वयमा खोजी कार्य भइरहेको छ। बाजुरा र कालीकोटको सिमाना रहेको लैफुडाँडामा सडक निर्माणका क्रममा दुर्घटना भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button