१३ बैशाख २०८३, आईतवार

धौलागिरि हिमाल आरोहणका क्रममा ४०० मिटर खसेको आरोहीको दुई दिनपछि उद्धार

म्याग्दी — धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ। धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लिएर करिब चार सय मिटर तल खस्दा संखुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा गम्भीर घाइते भएका थिए।

उद्धारमा संलग्न १४ समिट एक्स्पिडिसनका फुरु तेन्जि शेर्पाका अनुसार आरोहीलाई उद्धार गरी आज उपचारका लागि काठमाडौँ पठाइएको छ। ‘बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्धारकर्मी परिचालन गरी शनिबार राति मिङ्मालाई आधार शिविरमा ल्याएका थियौँ,’ उनले भने, ‘अचेत अवस्थामा भेटिएका उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button