चुनाव सकिएको डेढ महिना : कांग्रेसले संसदीय दलको नेता छान्न सकेन, संवैधानिक परिषद अलपत्र

काठमाडौँ – आमनिर्वाचन सकिएको डेढ महिना बितिसक्दा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। यसले गर्दा संवैधानिक परिषद्को गठन हुन सकेको छैन। संवैधानिक परिषदको संरचना (विभिन्न पदाधिकारीको नियुक्ति सर्वसम्मतबाट हो कि बहुमतबाट भन्ने बहस) अन्योलमा छ।
यसको प्रत्यासन्न परिणाम स्वरूप फागुन १८ गते नै नियुक्ति सिफारिस हुनुपर्नेमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन। नेपालले ‘सुशीला कार्की’ पछि दोस्रो महिला प्रधानन्यायाधीश पाउने अवसर गुमेको छ । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल १८ चैत देखि बैशाख १३ सम्म ‘कार्यवाहक’ (Acting) बन्न बाध्य भएकी छन्।
अर्कोतिर, फागुन २१ को चुनाव कार्यवाहक रामप्रसाद भण्डारीसहित जम्मा ३ जना आयुक्तले सफलतापूर्वक सम्पन्न गराए पनि निर्वाचन आयोगलाई अहिलेसम्म स्थायी नेतृत्व दिन सकिएको छैन। यी विषय समेटियो भने अध्यादेश भोलि (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस हुनसक्ने बुझिएको छ ।





