१४ बैशाख २०८३, सोमबार

पुस महिनाको ‘उत्कृष्ट प्रहरी’ घुससहित पक्राउ : अनुसन्धानमा उत्कृष्ट थापाको पतन

पोखरा — कास्की प्रहरीले २०८१ पुस महिनाका कामको मूल्याङ्कन गर्दा ‘उत्कृष्ट प्रहरी’ घोषित गरेको वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री शनिबार साँझ घुससहित पक्राउ परेका छन्। अपराध अनुसन्धान शाखामा खटिएका उनले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै केही समयअघि सम्मानित गरिएको थियो।

प्रहरीको छवि उच्च राखेको भन्दै सम्मानित भएका उनै हवलदारले लागूऔषध मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका हुन्। स्रोतका अनुसार उनले तीन लाख रुपैयाँमा घुस डिल गरेका थिए।

पक्राउपछि सेवाग्राहीहरूले उनीमाथि फाइल लुकाइदिने, बार्गेनिङ गर्ने र पटक–पटक दुःख दिने गरेको आरोप लगाएका छन्। उनीविरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको छ।

पहुँचकै भरमा दरबन्दी अरुणखोला प्रहरी चौकी भए पनि उनी कास्कीमा काज सरुवा भएर मुद्दा फाँटमा लामो समयदेखि कार्यरत थिए। अख्तियार कार्यालय पोखराले उनीविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button