इरानी मन्त्रीको ओमान भ्रमण : हर्मुज जलसन्धि सुरक्षित पार्ने उपायबारे छलफल

मस्कट — इरानी विदेशमन्त्री सैयद अब्बास आराकचीले ओमानमा भएको आफ्नो भेटवार्ताका क्रममा हर्मुज जलसन्धिमा सुरक्षित यातायात सुनिश्चित पार्ने उपायबारे ओमानी अधिकारीहरूसँग छलफल गरेको बताएका छन्।
आराकचीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘द्विपक्षीय मामिला र क्षेत्रीय घटनाक्रमबारे महत्त्वपूर्ण छलफल भयो। हर्मुजको सीमान्त राज्य (लिटोरल स्टेट) भएको नाताले, हाम्रो ध्यान सुरक्षित यातायात सुनिश्चित गर्ने उपायहरूमा केन्द्रित थियो, जुन सबै छिमेकी र विश्वको हितमा रहनेछ।’
इरानी विदेश मन्त्रालयका अनुसार आराकची शनिबार मस्कट आइपुगेका थिए। उनले आइतबार ओमानी वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विकासबारे वार्ता गरे। त्यसपछि उनी करिब २४ घण्टाभित्रै दोस्रोपटक इस्लामावाद फर्किएका छन्।





