१४ बैशाख २०८३, सोमबार

पूर्वी चाडको गाउँमा हिंसा : पानीको मुद्दामा दुई समुदाय भिड्दा ४२ जनाको मृत्यु

एन्जामेना — पूर्वी चाडको वादी–फिरा प्रान्तको इगोटे गाउँमा भएको हिंसामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। चाडियन प्रेस एन्ड पब्लिसिङ एजेन्सीले आइतबार यो जानकारी दिएको हो।

शनिबार पानीको मुहानलाई लिएर दुई व्यक्तिबीच भएको झगडा दुई समुदायबीचको ठुलो झडपमा परिणत भएको थियो। घटनापछि चाडकी उपप्रधानमन्त्री लिमाने महामतको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल त्यहाँ पुगेको छ।

उपप्रधानमन्त्री महामतले दुर्भाग्यपूर्ण घटनामा ४२ जनाको मृत्यु र १० जना घाइते भएको पुष्टि गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनका अनुसार घाइतेहरूलाई अस्पताल पुर्याइएको छ र अहिले स्थिति ‘नियन्त्रणमा’ रहेको छ।

जग्गा विवादका कारण चाडमा सामुदायिक झडपहरू सामान्य मानिन्छन्। यो घटनाले पानीको स्रोत जस्तो आधारभूत सुविधाका लागि पनि द्वन्द्व चर्किन सक्ने देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button