१४ बैशाख २०८३, सोमबार

पाकिस्तानको रेड जोनमा ट्राफिक प्रतिबन्ध आइतबार सकिने, अमेरिका–इरान वार्ताको दोस्रो चरण तयारीमा

इस्लामावाद — पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा जारी गरेको पोष्टमा राजधानी इस्लामावादको रेड जोन (जहाँ सरकारी मन्त्रालय र विदेशी नियोगहरू छन्) वरपरको ट्राफिक प्रतिबन्ध आइतबार साँझ हट्ने जनाएका छन्। रेड जोनमा अमेरिका र इरानबीच पहिलो चरणको वार्ता भएको सेरेना होटल पनि रहेको छ।

अमेरिका–इरान वार्ताको सम्भावित दोस्रो चरणको तयारीको लागि इस्लामावाद प्रहरीले अप्रिल १९ मा जारी गरेको विज्ञप्तिमा विदेशी प्रतिनिधिमण्डलको आगमनका कारण रेड जोन र त्यसको आसपासका क्षेत्रहरू सबै प्रकारका सवारी साधनका लागि बन्द गरिएको थियो। उक्त प्रतिबन्ध अब हटाइने भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button