१४ बैशाख २०८३, सोमबार

रुसी रक्षामन्त्री बेलोउसोभ प्योङयाङमा : कोरियाली सैनिकको बहादुरीमा समर्पित सङ्ग्रहालय उद्घाटन

प्योङयाङ — रुसी रक्षामन्त्री आन्द्रेई बेलोउसोभले प्योङयाङमा एक विदेशी सैन्य अभियानका नायकहरूको उपलब्धिमा समर्पित सङ्ग्रहालय तथा स्मारक परिसरको उद्घाटन समारोहमा भाग लिएका छन्। रुसी संघको आधिकारिक प्रतिनिधिमण्डलको सदस्यका रूपमा उनको यो सहभागिता रहेको हो।

उद्घाटन समारोहमा रुसी रक्षा मन्त्रीले उत्तर कोरियाको रक्षामन्त्री सेनाका जनरल नो क्वाङ–चोल, रुसी संसद (स्टेट ड्यूमा) का अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा परिसरको निर्माण सम्पन्न भई उद्घाटन भएको सङ्केत स्वरूप रिबन काटेका छन्।

रुसी प्रतिनिधिमण्डलले सङ्ग्रहालयको अवलोकन गरेको छ। युद्ध र सैन्य उपकरणको ट्रफी प्रदर्शनीको अवलोकन गर्दै युद्ध अभियानमा मारिएका कोरियाली सैनिकका नाम अंकित स्मारक पट्टिकामा माल्यार्पण गरेको छ। उद्घाटन समारोहपछि सोही परिसरमा कोरियाली र रुसी भाषाका गीतहरू प्रस्तुत गरिएको एक सम्मान कार्यक्रम आयोजना गरिएको थियो।

यसअघि, रुसी रक्षामन्त्रीले आफ्नो कार्य भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट गरी कुर्स्क क्षेत्र मुक्त गर्न सहयोग पुर्याउँदा बहादुरी र वीरता प्रदर्शन गर्ने कोरियाली जनसेनाका सैनिकहरूलाई पुरस्कृत समेत गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button