१४ बैशाख २०८३, सोमबार

रुसी रक्षामन्त्री बेलोउसोभ र किम जोङ उनबीच भेट : सैन्य सहकार्य २०२७–२०३१ सम्म विस्तार गर्ने सहमति

प्योङयाङ — उत्तर कोरियाको भ्रमणमा रहेका रुसी रक्षामन्त्री आन्द्रेई बेलोउसोभ र कोरियाली श्रमिक पार्टीका महासचिव किम जोङ उनबीच प्योङयाङमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको सैन्य सहकार्यको वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे गहन छलफल भएको छ। रुसी रक्षामन्त्री बेलोउसोभले भेटका क्रममा भने, ‘उत्तर कोरियाली रक्षा मन्त्रालयसँग सैन्य सहकार्यलाई दीर्घकालीन र दिगो आधारमा स्थानान्तरण गर्ने सहमति भएको छ। हामी यस वर्ष सन् २०२७–२०३१ को लागि रुस–उत्तर कोरिया सैन्य सहकार्यको योजनामा हस्ताक्षर गर्न तयार छौं।’

बेलोउसोभले ‘रुस–उत्तर कोरिया अन्तर्राष्ट्रिय सम्बन्ध अभूतपूर्व रूपमा उच्च स्तरमा पुगेको’ धारणा राखेको छ। रुसी रक्षामन्त्रीले प्योङयाङमा रुसी प्रतिनिधिमण्डललाई परम्परागत रूपमा दिइने न्यानो स्वागतका लागि किम जोङ उनप्रति आभार व्यक्त गरे।

रुसी रक्षा मन्त्रालयले उत्तर कोरियाली नेताको निमन्त्रणामा विदेशी सैन्य अभियानमा कोरियाली सैनिकको उपलब्धि र वीरताको सम्झनामा निर्मित सङ्ग्रहालय तथा स्मारक परिसरको उद्घाटनमा रुसी सैन्य प्रतिनिधिमण्डलको सहभागितालाई अत्यन्त सम्मानको विषयको रूपमा लिएको बताएको छ। बेलोउसोभले यसलाई ‘ऐतिहासिक घटना’ को रूपमा चित्रण गर्दै यसमा सहभागी हुन पाएकोमा ‘ठूलो सम्मान र विशेषाधिकार’ रहेको उल्लेख गरे। यो भेटले दुवै देशबीचको बढ्दो सैन्य तथा रणनीतिक साझेदारीको स्पष्ट सङ्केत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button