ह्वाइट हाउस गोलीकाण्डका क्रममा अतिथिले मदिरा लिएर भागेको खुलासा, साढे तीन लाख डलरको आयोजनामा सुरक्षा चुकको चौतर्फी आलोचना

वासिङ्टन — अमेरिकी ह्वाइट हाउसमा भएको गोलीकाण्डका क्रममा केही अतिथिले आयोजनास्थलबाट मदिराका बोतल लिएर भागेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ। द न्यूयोर्क पोस्टले दिएको समाचार अनुसार उक्त दृश्य सार्वजनिक भए पनि ती अतिथिको पहिचान भने हुन सकेको छैन।
घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले अतिथिको यस व्यवहारलाई शर्मनाक र लज्जास्पद भनेका छन् भने केहीले भने समर्थन गर्दै उक्त आयोजनाको लागत साढे तीन लाख डलरभन्दा बढी रहेको उल्लेख गरेका छन्। सुरक्षा चुकका कारण आयोजना बीचमै स्थगित भएको थियो, जसमा अतिथिहरू ज्यान जोगाउन भाग्न बाध्य भएका थिए।





