अन्तर्राष्ट्रिय क्रिकेट परिषद अध्यक्ष जय शाह सिक्किम भ्रमणका लागि बागडोग्रा पुगे

बागडोग्रा — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाह आज बागडोग्रा विमानस्थलमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का पदाधिकारीहरूसहित सिक्किम भ्रमणका लागि आइपुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किममा इन्डोर क्रिकेट एकेडेमीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
विमानस्थलमा आइपुगेको टोलीलाई लियजन अधिकारी, क्रिकेट एसोसिएसनका अध्यक्ष टिका सुब्बा, निर्माण समितिका अध्यक्ष केसी शर्मा तथा गृह मन्त्रालय बागडोग्रा इकाइका अधिकारीहरूले स्वागत गरेका छन्। प्रतिनिधिमण्डल उद्घाटन कार्यक्रममा सहभागी हुन सिक्किम प्रस्थान गरिसकेको छ।





