१४ बैशाख २०८३, सोमबार

सनिशा भट्टराई ‘छ माया छपक्कै २’ मा शीर्ष भूमिकामा, ठूलो ब्यानरको रोजाइ

काठमाडौँ — टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा आइपुगेकी नायिका सनिशा भट्टराई छोटो समयमै ठूलो ब्यानरको नोटिसमा परेकी छन्। उनले दीपक–दीपाको टिमले बनाउन लागेको फिल्म ‘छ माया छपक्कै २’ मा शीर्ष भूमिका निर्वाह गर्ने भएकी छन्।

दीपक–दीपाको टिमले बनाउने फिल्ममा नायिका को रहन्छिन् भन्ने सधैं चर्चाको विषय हुने गरेको छ। उनीहरूको ब्यानर ‘आमा सरस्वती मुभिज’ शतप्रतिशत हिट छ। यो टिममा नायिका मात्र परिवर्तन हुने गर्छ भने अन्य कलाकारहरू यथावत रहने गरेका छन्। सिक्वेलको छायांकन सोमबारबाट सुरु भएको कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।

‘छ माया छपक्कै’ को मुख्य नायिका केकी अधिकारी थिइन्। सिक्वेलको लागि भने सनिशा भट्टराई रोजिएकी हुन्। यसअघि २०८१ सालको दशैंमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ मार्फत उनले ठूलो पर्दामा डेब्यू गरेकी थिइन्। शतप्रतिशत हिट फिल्म दिने ब्यानर र टिममा जोडिनुलाई सनिशाको व्यवसायिक प्रगतिका रूपमा हेर्न सकिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button