१५ बैशाख २०८३, मंगलवार

व्यवसायी गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ — व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार नियन्त्रणमा लिएको थियो। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ मा गोल्छाको नाम पनि उल्लेख भएपछि उनी पक्राउ परेका हुन्। पक्राउपश्चात् उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि सात दिनको म्याद थप माग गरे पनि अदालतले तीन दिनको समय मात्र दिएको छ। प्रतिवादीको बयानको कार्य पूर्ण रूपमा नभई आंशिक रूपमा मात्र सकिएको र अनुसन्धान अझै बाँकी रहेको देखिएकाले म्याद थप गरिएको अदालतले जनाएको छ। साथै, गोल्छाको स्वास्थ्य उपचारमा ध्यान दिन पनि अदालतले निर्देशन दिएको छ।

गोल्छा अर्गनाइजेसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छा यसअघि विभिन्न व्यावसायिक संघ–संस्थाको नेतृत्व गरिसकेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button