१५ बैशाख २०८३, मंगलवार

काठमाडौँमा सिक्री लुट्ने गिरोह पक्राउ : पाँचजनासँग सुन, पेचकस, खुकुरी बरामद

काठमाडौँ — नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँका २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गत चैत १२ र १९ गते तथा वैशाख ६ गते विभिन्न स्थानमा भएको सुन लुटपाटको घटनाको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहमाथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १२.९० ग्राम सुन, एक थान पेचकस, एक थान ठूलो रेन्ची, आठ थान सानो रेन्ची, एक थान मोबाइल, एक थान खुकुरी, हुडी, ट्राउजर र ज्याकेट बरामद गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button