१५ बैशाख २०८३, मंगलवार

कुष्ठरोगी व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था सर्वोच्चद्वारा खारेज

काठमाडौँ — सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजलासले सोमबार उक्त फैसला गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अदालतले मुलुकी देवानी संहिता ऐन, २०७४ मा रहेको कुष्ठरोगसम्बन्धी उक्त व्यवस्था खारेज गरेको हो। कोइरालाले भने, ‘कुष्ठरोग पहिले निको नहुने र घातक रोगको रूपमा रहे पनि अहिले उपचारपछि निको भएर मानिस सामान्य अवस्थामा फर्किन सक्छ भन्ने दृष्टिकोणका साथ उक्त कानुनी व्यवस्था खारेज हुने निर्णय भएको हो।’

अधिवक्ता प्रल्हाद महतलगायतले कुष्ठरोग निको हुने र मानिस सामान्य अवस्थामा फर्किन सक्ने उल्लेख गर्दै उक्त कानुनी व्यवस्था खारेज गर्न माग गरेका थिए। सर्वोच्चले उक्त मागलाई स्वीकार गर्दै निको हुन सक्ने रोगका आधारमा विवाह बदर गर्न मिल्ने व्यवस्था असंवैधानिक ठहर गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button