१५ बैशाख २०८३, मंगलवार

माइतीघर झडप : एमाले सचिव बस्नेतकी श्रीमतीसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको किटानी जाहेरी

काठमाडौँ — धादिङकी जानुका पाठक (शोभा पाठक) ले एमाले सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी (बस्नेत) लगायत १० जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन्। उनले आधा दर्जन बढीमाथि अनुहार चिनेको तर नाम थाहा नभएका कसूरदार पनि उल्लेख गरेकी छन्।

हिजो राजधानीको माइतीघरमा पाठक र बस्नेतबीच सडकमै झडप भएको थियो। कपाल भुत्लाउँदै सडकमा लछारपछार गर्ने क्रममा दुवै पक्षका अन्य मानिससमेत सहभागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीले बस्नेतलगायतलाई हिजै नियन्त्रणमा लिएर प्रहरी परिसर पुर्याएको थियो भने पाठक अस्पताल गएकी थिइन्।

पाठकले आफूमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुर उल्लेख गर्दै दायर गरेको जाहेरीमा परेका १० जना सबै महिला भक्तपुरका रहेको उल्लेख छ। उनले भक्तपुरकी शर्मिला बस्नेत, गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र नीता खत्रीको अभिभावकको नाम र मोबाइल नम्बरसमेत खुलाएकी छन्। उनले ती व्यक्तिको हुलिया र परिचय खुल्ने विवरण पनि लेखेकी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button