श्रीलंकामा २२ बौद्धभिक्षु लागुऔषध ओसारपसारमा पक्राउ : ११० केजी गाँजा बरामद

कोलम्बो — श्रीलंकामा २२ जना बौद्धभिक्षु लागुऔषध ओसारपसारको आरोपमा पक्राउ परेका छन्। थाइल्याण्डबाट विमानमा राजधानी श्रीलंका फर्केका भिक्षुहरूको लगेजबाट ११० केजी गाँजा बरामद भएको छ। गेरुवस्त्रधारी ती भिक्षुहरू थाइल्याण्डमा विद्यार्थी रहेको र चार दिनको बिदा मनाउन श्रीलंका आएको अधिकारीहरूले बताएका छन्।
उनीहरूको लगेजमा पाँच केजीको प्याकेट बनाएर गाँजा हालिएको अवस्थामा फेला परेको हो। श्रीलंका प्रहरीले ती सबैलाई अनुसन्धानको क्रममा सात दिनका लागि हिरासतमा राखेको छ। भिक्षुको आवरणमा यति धेरै मानिस लागुऔषध ओसारपसारमा संलग्न भएको यो श्रीलंकामा पहिलो पटक भएको अधिकारीहरूले जनाएका छन्।





