१५ बैशाख २०८३, मंगलवार

चीनमा ‘भविष्यको रोबोट’देखि ‘मस्तिष्क–मेसिन’सम्म १५ नयाँ विषय स्वीकृत

काठमाडौं — चीनको शिक्षा मन्त्रालयले राष्ट्रिय रणनीति र औद्योगिक विकासको बदलिँदो मागलाई सम्बोधन गर्न स्नातक तहका लागि १५ वटा अन्तरविषय पाठ्यक्रम स्वीकृत गरेको छ।

मन्त्रालयले सामान्य कलेज तथा विश्वविद्यालयहरूको पछिल्लो सूचीमा ‘भविष्यको रोबोट’ र ‘मस्तिष्क–मेसिन विज्ञान तथा प्रविधि’ जस्ता विषय समावेश गरेको छ। उदीयमान क्षेत्रको विकास र बहुप्रतिभाको बढ्दो मागलाई सम्बोधन गर्न यी नयाँ विषय ल्याइएको मन्त्रालयको भनाइ छ।

राष्ट्रिय रणनीतिक आवश्यकता पूरा गर्न ‘ऊर्जा विज्ञान तथा इन्जिनियरिङ’ र ‘गहन पृथ्वी विज्ञान तथा इन्जिनियरिङ’ जस्ता नयाँ पाठ्यक्रम पनि सूचीमा थपिएका छन्। यस्तै, विभिन्न उद्योगको माग सम्बोधन गर्न ‘कृषि रोबोट’, ‘जैविक उत्पादन’, ‘डिजिटल संस्कृति तथा पर्यटन’ र ‘डिजिटल व्यापार’ लगायतका विषय पनि समावेश गरिएका छन्।

मन्त्रालयले कृत्रिम बुद्धिमत्ताको नयाँ पुस्तालाई वास्तविक अर्थतन्त्रसँग गहन रूपमा जोड्ने र गुणस्तरीय आर्थिक–सामाजिक विकासलाई सशक्त बनाउने उद्देश्यले ‘एम्बोडिड इन्टेलिजेन्स’ विषय स्थापना गर्न ९ वटा विश्वविद्यालयलाई सहयोग समेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button