बुरियातियामा हिमपहिरो : खानीमा ६ जना पुरिए, तीनको सकुशल उद्धार

काठमाडौं — रुसको बुरियातिया गणतन्त्रस्थित एक खानीमा मंगलबार हिमपहिरो जाँदा ६ जना पुरिएका छन्।
रुसी आपतकालीन मन्त्रालयका अनुसार मुइस्की जिल्लास्थित इरोकिन्दा खानीमा प्राविधिक सडक सफा गर्ने क्रममा ९ जना कामदारमाथि हिमपहिरो खसेको थियो। प्रारम्भिक जानकारीअनुसार तीन जना कामदार आफैं भाग्न सफल भएका छन् भने ६ जना हिउँमुनि पुरिएका छन्।
उद्धारकर्मी बोकेको एमआई–८ हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ। रुसी अनुसन्धान समितिले सुरक्षा मापदण्ड उल्लंघनको आशङ्कामा आपराधिक मुद्दा दर्ता गरेको छ। प्रभावितहरूको यकिन सङ्ख्या र अवस्थाबारे अनुसन्धान जारी रहेको समितिले जनाएको छ।





