चीनको उच्च महिला सम्मान : चार खेलाडीलाई उत्कृष्ट प्रदर्शनको मान्यता

बेइजिङ — चीनले हिउँदे ओलम्पिक तथा पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै चार जना महिला खेलाडीलाई देशको सर्वोच्च महिला सम्मान प्रदान गरेको छ। अल–चाइना वुमेन्स फेडेरेसनले सोमबार यो जानकारी दिएको हो।
सु मेङताओ, वाङ युए, वाङ मेन र झाङ वेन्चिङलाई यस वर्षको प्रतियोगितामा उत्कृष्ट नतिजाका लागि सम्मान गरिएको हो। फेडेरेसनले चार पुरस्कृत खेलाडीबाट सिक्न र चिनियाँ आधुनिकीकरणको माध्यमबाट महान देश निर्माण र राष्ट्रिय पुनरुत्थानलाई अगाडि बढाउन देशभरिका महिलालाई आह्वान गरेको छ।





