बेलारुस र पोल्याण्डबीच पाँच–पाँच कैदी साटासाट, सात देशको संयुक्त अपरेसन

काठमाडौं — बेलारुसको राज्य सुरक्षा समिति (केजीबी) र पोल्याण्डको विदेशी गुप्तचर निकायबीच मंगलबार दुई देशको सीमामा पाँच–पाँच कैदीको साटासाट भएको छ।
बेलारुसी केजीबीका अनुसार बेलारुस र रुसमा सजाय भोगिरहेका पाँच जनालाई युरोपेली संघलगायत अन्य मुलुकमा बन्दी रहेका बेलारुस, रुस तथा स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमंडल (सीआईएस) का पाँच नागरिकसँग साटासाट गरिएको छ।
बेलारुसी राष्ट्रपतिको निर्देशनमा करिब एक वर्षदेखि तयारी भइरहेको यो अपरेसनमा सात देशका गुप्तचर निकायसँग सघन समन्वय गरिएको केजीबीले जनाएको छ। जटिल चुनौती सामना गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बेलारुसले रुसी संघीय सुरक्षा सेवा (एफएसबी) प्रति विशेष आभार व्यक्त गरेको छ।





