१६ बैशाख २०८३, बुधबार

युद्धविरामबीच लेबनानमा इजरायली हमला, तीन उद्धारकर्मीसहित पाँचको मृत्यु

काठमाडौं — इजरायल र लेबनानबीच युद्धविराम जारी रहेकै अवस्थामा मंगलबार दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन उद्धारकर्मीसहित पाँच जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मज्दाल जोउन गाउँमा भएको आक्रमणमा दुई लेबनानी सेनाका सैनिक घाइते भएका छन्।

मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रले उद्धार कार्यमा खटिएकै बेला निशाना बनाइएपछि तीन सिभिल डिफेन्स पारामेडिक भग्नावशेषमुनि पुरिएको जनाएको छ। लेबनानी राष्ट्रपति जोसेफ आउनले उद्धारकर्मीमाथिको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरेका छन्।

उता, हिजबुल्लाहले मंगलबार दक्षिणी सहर कन्तारामाथि इजरायली सेनाको हर्मेस ९०० ड्रोनलाई सतहदेखि हावामा प्रहार गर्ने क्षेप्यास्त्रले खसालेको दाबी गरेको छ। इजरायली सेनाले भने दक्षिण लेबनानमा हिजबुल्लाहको विस्फोटक ड्रोन हमलामा रक्षा मन्त्रालयको ठेकेदार कम्पनीमा कार्यरत एक नागरिकको मृत्यु भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार १० दिने युद्धविरामलाई तीन साता थप गरिएको घोषणा गरे पनि दुवै पक्षबाट आक्रमण जारी छ। इरानसँगको अमेरिकी–इजरायली युद्धसँग जोडिएको सीमापार लडाइँपछि गत अप्रिल १६ र १७ को मध्यरातदेखि यो युद्धविराम लागू भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button