१६ बैशाख २०८३, बुधबार

बर्दियामा वन क्षेत्र खाली गराउने सूचना र सेनाको पत्रप्रति जनप्रतिनिधिको आपत्ति

बर्दिया। वन क्षेत्र खाली गराउने सरकारी सूचना र सुकुम्बासी विवरण माग्दै सेनाले पठाएको पत्रप्रति बर्दियाका स्थानीय जनप्रतिनिधिले आपत्ति जनाएका छन्।

डिभिजन वन कार्यालय, बर्दियाघाटको वैशाख १४ गतेको सूचनाले लामो समयदेखि त्यहाँ बस्दै आएका नागरिकको आवास अधिकार प्रभावित हुने उनीहरूको भनाइ छ। संविधानको धारा ३७ विपरीत रहेको भन्दै उक्त सूचना एकतर्फी र अवास्तविक रहेको जनप्रतिनिधिको ठहर छ।

भूमि समस्या समाधानका प्रयास जारी रहेको अवस्थामा बस्ती हटाउने प्रक्रिया अघि नबढाउन र पत्र तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button