
काठमाडौं — रुसी रक्षा मन्त्रालयले मस्को सैन्य क्षेत्रको एक प्रशिक्षण मैदानमा काउन्टर यूएभी प्रशिक्षण केन्द्रका सैनिकले आफ्नो सीप सुधार गरिरहेको जनाएको छ।
प्रशिक्षणका क्रममा सैनिकले संयुक्त हतियारको पूर्ण चक्रसहित विशेष तालिम लिन्छन्। विशेष कक्ष र प्रयोगशालामा प्रशिक्षार्थीले ड्रोनको प्रोग्रामिङ, मर्मत र रखरखाव सिक्छन्। सैद्धान्तिक परीक्षा उत्तीर्ण गरेपछि मात्र उनीहरू व्यावहारिक रूपमा सीप र युद्धक समन्वय सुधार्ने अभ्यासमा उत्रन्छन्।
टोली दुई-दुई जनाको जोडीमा काम गर्छ। एक सञ्चालक र एक स्यापरले ‘मोल्निया–पीभीओ’ प्रणाली तैनाथ गर्ने, ड्रोनलाई सन्तुलन मिलाउने, युद्धक इकाइ तयार पार्ने र ड्रोन प्रक्षेपणका लागि क्याटापल्टमा जडान गर्ने कार्य गर्छन्।





