१७ बैशाख २०८३, बिहीबार

‘असल नियतले आए अध्यादेश अपवाद हुन सक्छ’ — कमल थापा

काठमाडौं — पूर्व उपप्रधानमन्त्री कमल थापाले सिद्धान्ततः अध्यादेशबाट राज्य सञ्चालन उपयुक्त नभए पनि सुशासनको पक्षमा असल नियतले ल्याइएको अवस्थामा यसलाई अपवादका रूपमा लिन सकिने बताएका छन्।

वर्तमान सरकार विशिष्ट परिस्थितिमा बनेको र सुशासन नै यसको मुख्य जनादेश रहेको उल्लेख गर्दै थापाले संवैधानिक परिषद् सम्बन्धी कानुनमा तत्काल संशोधन नगर्दा विगतमा जस्तै दलीय भागबन्डाका आधारमा नियुक्ति गर्नुपर्ने बाध्यता रहने बताए। ‘त्यस्तो प्रथा कदापि स्वीकार्य हुँदैन,’ उनले भने।

प्रधानन्यायाधीशलगायत संवैधानिक अङ्गका पदाधिकारीको पद लामो समय रिक्त राख्नु पनि उचित नहुने उनको धारणा छ। ‘यदि असल नियतले त्यस्तो विकृति अन्त्य गर्न खोजिएको हो भने यसलाई भविष्यमा नदोहोरिने गरी एउटा अपवादका रूपमा लिन सकिन्छ। आखिर अध्यादेश पनि एक वैध संवैधानिक प्रक्रिया नै हो,’ थापाले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button