१७ बैशाख २०८३, बिहीबार

प्युठानमा १०४ मिमि भन्दाधेरै भारी वर्षा, देशभर मौसम बदली

काठमाडौं — पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर मौसम बदली भई बुधबार व्यापक वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी प्युठानको हंसपुरमा १०४.४ मिलिमिटर वर्षा मापन गरिएको छ। २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षालाई धेरै भारी वर्षाको श्रेणीमा राखिन्छ। यस्तै, कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ र कपिलवस्तुमा ५०.८ मिलिमिटर भारी वर्षा भएको छ।

हाल पनि वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोसी, लुम्बिनी र कर्णालीका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा जारी छ। मौसमविद् सञ्जिल अधिकारीका अनुसार बिहीबार पनि बदली रहने तर विस्तारै कम हुँदै जानेछ। कोसी र मधेसलगायत हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button