१७ बैशाख २०८३, बिहीबार

सबै सुकुम्वासी बस्ती एकैपटक खाली गरिने, वैशाख १८ बिहान ७ बजेदेखि अभियान

काठमाडौं — सरकारले काठमाडौंभरका बाँकी सबै सुकुम्वासी बस्ती यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ। यसअघि थापाथली, मनोहरा र गैरीगाउँका बस्ती खाली गराइसकेको सरकारले अब जिल्लाभरका बाँकी क्षेत्रमा यो अभियान सञ्चालन गर्न लागेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै मानवीय उद्धार र विपद् जोखिमलाई मध्यनजर गरी बस्ती खाली गराउन लागेको जनाएको छ। ‘काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाका नदीकिनारका बस्ती एवं सरकारी, पर्ती, सार्वजनिक वा निजी जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा बसोबास गर्दै आएका बस्ती खाली गर्ने कार्य वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक सुरु हुनेछ,’ सूचनामा भनिएको छ।

प्रशासनले बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरणमा प्रहरी सहायता लिन तथा व्यक्तिगत मालसामान, लत्ताकपडा र पशुचौपाया बाहिर निकाल्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button