विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानका राजनीतिक नियुक्ति हटाउन अध्यादेश सिफारिस

काठमाडौं — सरकारले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन हटाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गरेको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार मंगलबार र बुधबार गरी ६ वटा अध्यादेश सिफारिस भएकामा ‘विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ पनि समावेश छ। सचिवालयले यी अध्यादेश सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशसँग अनुकूल बनाउन सिफारिस गरिएको जनाएको छ। उक्त अध्यादेशले राजनीतिक रूपमा नियुक्त तथा मनोनीत सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था गरेको छ।





