निर्वाचनमा असहयोग गरेको आरोपमा कांग्रेसद्वारा ७ नेतासँग स्पष्टीकरण माग

काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा ७ जना नेतासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।
समिति संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले सम्बन्धित नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो। स्पष्टीकरण मागिएकामा देवकरण प्रसाद कलवार (सन्तु), प्रदीप सुनुवार, प्रचण्ड विक्रम न्यौपाने, राजु खनाल, जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर राय छन्।
समितिका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले तोकिएको समयभित्र स्पष्टीकरण बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिइएको जानकारी दिए।




