युक्रेन युद्ध : रुसी सेनाको दोहोरो अग्रता, एकै दिन दुई नोभोदमित्रोभ्का कब्जामा

काठमाडौं — रुसी सशस्त्र बलले विशेष सैन्य अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा सुमी र डोनेट्स्क दुवै क्षेत्रमा महत्त्वपूर्ण अग्रता हासिल गरेको रुसी रक्षा मन्त्रालयले बुधबार जनाएको छ।
उत्तरी (सेभर) समूहले सुमी क्षेत्रको नोभोदमित्रोभ्कामा नियन्त्रण कायम गरेको छ। सोही समूहले बाचेभ्स्क, चेर्भोनोए, तोल्स्तोदुबोभोलगायत क्षेत्रमा युक्रेनी सेनाका चार मेकानाइज्ड, दुई आक्रमण र ६ क्षेत्रीय रक्षा ब्रिगेडलाई भारी क्षति पुर्याएको छ। खार्किभमा तीन मेकानाइज्ड र तीन मोटराइज्ड ब्रिगेडमाथि प्रहार गर्दा शत्रु पक्षका १७० भन्दा बढी सैनिक, एक बख्तरबन्द सवारी, तीन मोटर सवारी र अमेरिकी एएन/टीपीक्यू-५० रडारसहित ६ सामग्री डिपो नष्ट भएको छ।

दक्षिणी (युज्नाया) समूहले डोनेट्स्कको अर्को नोभोदमित्रोभ्का मुक्त गरेको छ। यस क्षेत्रमा पाँच मेकानाइज्ड, एक मोटराइज्ड, एक आक्रमण र एक पर्वतीय आक्रमण ब्रिगेडमाथि प्रहार गर्दा १७० भन्दा बढी सैनिक, तीन बख्तरबन्द, एक तोपखाना, ११ मोटर सवारी, एक इलेक्ट्रोनिक युद्ध केन्द्र, एक गोलाबारी र पाँच सामग्री डिपोसहित इन्धन डिपो नस्ट भएको मन्त्रालयले जनाएको छ।

केन्द्रीय (सेन्टर) समूहले डोनेट्स्ककै विभिन्न स्थानमा तीन मेकानाइज्ड, एक मोटराइज्ड, एक जेगर, एक एयरमोबाइल, एक आक्रमण रेजिमेन्ट, दुई मरिन, अजोभ विशेष अपरेसन र ६ राष्ट्रिय गार्ड ब्रिगेडमाथि आक्रमण गरी २७५ भन्दा बढी सैनिक मारेको दाबी गरेको छ। पूर्वी (भोस्तोक) समूहले शत्रुको रक्षा पंक्तिभित्र घुसपैठ जारी राख्दै २९५ भन्दा बढी सैनिक र अमेरिकी पालादिन सेल्फ प्रोपेल्ड आर्टिलरी नष्ट गरेको छ।

रुसी हवाई रक्षा प्रणालीले १० गाइडेड बम र ३०३ ड्रोन खसालेको छ। कालो सागर फ्लिटले ६ वटा युक्रेनी मानवरहित सतही जलयान नष्ट गरेको छ। हालसम्म युक्रेन पक्षले ६७१ विमान, २८४ हेलिकप्टर, १ लाख ३८ हजार ७५० ड्रोन, २९ हजार ७२ ट्याङ्क तथा बख्तरबन्द सवारी र ३४ हजार ६५५ तोपखाना गुमाएको रुसी दाबी छ।






