१७ बैशाख २०८३, बिहीबार

रुसमा ‘आदिवासी जनजाति दिवस’ राष्ट्रिय पर्वको रूपमा पहिलो पटक मनाइँदै, ४७ लोपोन्मुख समुदायको संरक्षणमा जोड

काठमाडौं — रुसमा बुधबार ‘रुसी महासङ्घको आदिवासी जनजाति दिवस’ पहिलो पटक राष्ट्रिय पर्वका रूपमा मनाइँदै छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ नोभेम्बर ४ मा हस्ताक्षर गरेको आदेशअनुसार यो नयाँ राष्ट्रिय दिवस स्थापना गरिएको हो।

यो मिति सन् १९९९ मा ‘रुसी महासङ्घका आदिवासी जनजातिको अधिकारको प्रत्याभूतिसम्बन्धी’ सङ्घीय कानुन पारित भएको दिनसँग मेल खान्छ। रुसमा करिब २०० जातीय समूह शान्ति र सद्भावका साथ बसोबास गर्छन्, जसमध्ये ४७ लाई ‘आदिवासी अल्पसङ्ख्यक जनजाति’ को सूचीमा राखिएको छ। उनीहरूको मौलिक संस्कृति, भाषा, परम्परागत जीवनशैली र हस्तकला रुसको ऐतिहासिक तथा आध्यात्मिक सम्पदाको अभिन्न अङ्ग हुन्।

रुसी सरकारले पुर्खौली बासस्थानको संरक्षण, परम्परागत जीवनशैलीको समर्थन र अधिकार सुनिश्चिततालाई प्रमुख राष्ट्रिय प्राथमिकतामा राखेको छ। यसै सन्दर्भमा, रुसी परराष्ट्र मन्त्रालयले उत्तरी आदिवासी सङ्घ (राइपन) र युनेस्को कार्यक्रमसँगको सहकार्यमा ‘#उत्तरीजनजातिकोबडापत्र’ नामक विशेष दस्तावेज सङ्कलन तयार पारेको छ, जसले आदिवासी संरक्षण र समर्थनका कानुनी संयन्त्रलाई प्रतिबिम्बित गर्छ।

रुसले सन् २०२२–२०३२ को ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ लगायतका मञ्चमार्फत यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button