धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी — धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मंगलबार राति पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा विकको मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।





