१७ बैशाख २०८३, बिहीबार

त्रिवि पदाधिकारीद्वारा सामूहिक राजीनामा, राजनीतिक नियुक्ति खारेजीको तयारीपछि बहिर्गमन

काठमाडौं — त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्। उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदारप्रसाद रिजालले बिहीबार विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्।

रास्वपा नेतृत्वको वर्तमान सरकारले अघिल्ला सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेसँगै उनीहरूले सामूहिक राजीनामा दिएको बुझिएको छ। सरकारले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजनीतिक नियुक्ति हटाउन राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरिसकेको छ। सोही अध्यादेशको प्रावधानसँगै त्रिवि पदाधिकारीले सामूहिक राजीनामाको बाटो रोजेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button