१८ बैशाख २०८३, शुक्रबार

रोल्पा जिप दुर्घटना छानबिन गर्न तीन दिने समिति गठन

रोल्पा — रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार दिउँसो भएको भीषण जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार नै भएको सचिवस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठित समितिलाई ३ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य छन्।

गृह मन्त्रालयले समितिलाई दुर्घटनाको कारण, लापरवाही वा कमजोरी पहिचान गर्न र भविष्यमा यस्ता घटना न्यूनीकरणका लागि सुझाव दिन कार्यादेश दिएको छ। रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८०० मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो भने १ जना घाइते छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button