१८ बैशाख २०८३, शुक्रबार

अमेरिकी युद्धपोत यूएसएस हिगिन्समा भीषण आगलागी, विद्युत र प्रोपल्सन ठप्प

काठमाडौं — एसियामा अमेरिकी नौसेनाको अग्रपंक्तिको उपस्थितिको मुख्य आधार मानिने गाइडेड–मिसाइल डिस्ट्रोयर यूएसएस हिगिन्समा यसै साताको सुरुमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बिहीबार जनाएका छन्।

नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार आगलागीले युद्धपोतको विद्युत आपूर्ति र प्रोपल्सन प्रणाली ठप्प भएको छ। बुधबारसम्म कुनै अमेरिकी सैनिक घाइते भएको जानकारी नआएको सीबीएस न्यूजले उल्लेख गरेको छ।

आगलागीको कारण, युद्धपोतको कुन भागमा क्षति भयो र यसको ठ्याक्कै अवस्थितिबारे अझै खुल्न सकेको छैन। स्वचालित पहिचान प्रणाली (एआईएस) को तथ्याङ्कअनुसार फेब्रुअरीमा हिगिन्स सिंगापुरमा पार्क गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button