१८ बैशाख २०८३, शुक्रबार

तेहरानमा हवाई रक्षा प्रणालीको आवाज सुनियो, ‘साना विमान र ड्रोनविरुद्धको कारबाही’

काठमाडौं — इरानको राजधानी तेहरानका विभिन्न भागमा बिहीबार साँझ हवाई रक्षा प्रणालीको आवाज सुनिएको इरानी अर्धसरकारी समाचार संस्था तस्निम र मेहरले जनाएका छन्।

तस्निमले पछि जानकारी दिएअनुसार सहरका पश्चिमी, पूर्वी, मध्य र दक्षिणी क्षेत्रमा करिब २० मिनेटसम्म सुनिएको उक्त आवाज ‘साना विमान र रेकी ड्रोनविरुद्धको कारबाही’ सँग सम्बन्धित थियो। आवाज अहिले रोकिएको र तेहरान सामान्य अवस्थामा फर्किएको तस्निमले थप जानकारी नदिई उल्लेख गरेको छ।

यो घटना इरान, अमेरिका र इजरायलबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा लागू भएको युद्धविरामकै बीच आएको हो। यसअघि दिनको सुरुमा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाको ‘अधिकतमवादी’ दृष्टिकोण रोकिए आफ्नो देश कूटनीतिको बाटोमा निरन्तरता दिन तयार रहेको बताएका थिए भने इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायल ‘चाँडै इरानविरुद्ध सैन्य कारबाहीमा फर्किनुपर्ने’ बताएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button