१८ बैशाख २०८३, शुक्रबार

‘करुणाको दीप बलोस्’: पूर्वप्रधानमन्त्री ओलीद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५७०औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक शुभकामना सन्देशमा उनले भनेका छन्, ‘आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो। यसै दिन उहाँले बोध प्राप्त गर्नुभयो र भगवान गौतम बुद्ध मानव सभ्यताले प्राप्त गर्यो। २५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो।’

बुद्धको जन्म, बोध र महापरिनिर्वाण तीनै घटना एकै तिथिमा पर्ने दुर्लभ संयोगको स्मरण गर्दै ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने बुद्धको शाश्वत सन्देशको महत्त्व औंल्याए। ‘सबैको अन्तर्मनमा करुणाको दीप बलोस्,’ उनले भनेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button