१८ बैशाख २०८३, शुक्रबार

तिब्बती सुलेखनको तेस्रो ‘पद्म स्वर्ण कलम’ प्रतियोगिता छेन्दुमा सम्पन्न, दुई हजारभन्दा बढी कलाकृति प्रदर्शित

काठमाडौं — चीनको सिचुआन प्रान्तको छेन्दु सहरमा तेस्रो ‘पद्म स्वर्ण कलम’ राष्ट्रिय तिब्बती सुलेखन प्रतियोगिता तथा प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ। सन् २००८ मा राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचीको दोस्रो ब्याचमा सूचीकृत तिब्बती सुलेखन चिनियाँ संस्कृतिको महत्त्वपूर्ण अङ्ग मानिन्छ।


सन् २०२३ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिताको तेस्रो संस्करणमा तिब्बत, सिचुआन, छिङहाई, गान्सुलगायत क्षेत्रका सुलेखकले सिर्जना गरेका दुई हजारभन्दा बढी कलाकृति प्राप्त भएका थिए। आयोजकका अनुसार यसपटक कलाकृतिको सङ्ख्या मात्र नभई गुणस्तर र सुलेखकको लेखन स्तर पनि निकै उच्च रहेको छ। प्रतियोगितामा डिजिटल सुलेखन, एआई कृत्रिम बुद्धिमत्ता, काठ–ढुङ्गा–हड्डी कुँदाइजस्ता विशेष विधा थपिएका छन्।

प्रतियोगिताको प्रथम पुरस्कार विजेता तिब्बतको माल्द्रो गुङ्गार जिल्लाका सुलेखक कार्लेपले आफू बौद्ध दर्शन र तिब्बती भाषाको अनुसन्धानकर्ता भएकाले यो सम्मानले थप ऊर्जा मिलेको बताए। ‘अब सुलेखनका थप शिक्षक तयार गरी चिनियाँ राष्ट्रको उत्कृष्ट परम्परागत संस्कृतिको महत्त्वपूर्ण अङ्ग तिब्बती सुलेखनको विकास र संरक्षणमा लाग्नेछु,’ उनले भने।

गान्जीका डिजिटल सुलेखक पाक्साम दोन्द्रुबले आफ्नो कृतिलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्न पाउँदा खुसी लागेको बताउँदै मूर्त अमूर्त सांस्कृतिक सम्पदाको डिजिटल रूपान्तरणमा निरन्तर लाग्ने प्रतिबद्धता जनाए। ‘हजारौं वर्ष पुरानो सम्पदालाई डिजिटल युगमा नयाँ चमक दिन चाहन्छु,’ उनले भने।

समारोहमा उत्कृष्ट कलाकृतिलाई पुरस्कृत गर्नुका साथै डिजिटल सुलेखन विमोचन, उत्कृष्ट सुलेखन संरक्षण प्रमाणपत्र र विश्व कीर्तिमान घोषणाजस्ता कार्यक्रम आयोजना गरिएको आयोजक पद्म गोल्डेन पेन संस्थाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button