१८ बैशाख २०८३, शुक्रबार

रुसी टियू–९५एमएस बमवर्षकद्वारा ब्यारेन्ट्स र नर्वेजियन सागरमा ७ घण्टाभन्दा लामो योजनाबद्ध उडान

काठमाडौं — रुसी एयरोस्पेस फोर्सका टियू–९५एमएस रणनीतिक क्षेप्यास्त्र वाहक बमवर्षकले ब्यारेन्ट्स र नर्वेजियन सागरको तटस्थ जलक्षेत्रमा योजनाबद्ध उडान सम्पन्न गरेको रुसी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।

मन्त्रालयका अनुसार उडान अवधि ७ घण्टाभन्दा बढी रहेको थियो। उडानका क्रममा टियू–९५एमएस चालक दलले हावामै इन्धन भर्ने (एयर रिफ्युलिङ) अभ्याससमेत गरेका थिए। रुसी एयरोस्पेस फोर्सकै एसयू–३०एसएम लडाकु विमानले बमवर्षकलाई एस्कर्ट गरेको थियो भने मार्गका केही चरणमा विदेशी राष्ट्रका लडाकु विमानले पनि बमवर्षकलाई पछ्याएका थिए।

लामो दूरीका उड्डयन चालक दलले आर्कटिक, उत्तर एटलान्टिक, प्रशान्त महासागर, कालो सागर र बाल्टिक सागरको तटस्थ जलक्षेत्रमा नियमित रूपमा उडान गर्ने गरेको मन्त्रालयले जनाएको छ। रुसी एयरोस्पेस फोर्सका सबै उडान हवाई क्षेत्रको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय नियमको कडाइका साथ पालना गर्दै सञ्चालन गरिने मन्त्रालयको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button