१८ बैशाख २०८३, शुक्रबार

सिजाङमा तेस्रो ‘पद्म स्वर्ण कलम’ कार्यक्रम सम्पन्न, डिजिटल माध्यमबाट लिपि संरक्षणको पहल

काठमाडौं — चीनको स्वशासित क्षेत्र सिजाङमा राष्ट्रिय तिब्बती सुलेखन दिवसको अवसरमा तेस्रो ‘पद्म स्वर्ण कलम’ (पेमा गोल्डेन पेन) सुलेखन प्रतियोगिता तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। अप्रिल ३० (बुधबार) का दिन मनाइने तिब्बती सुलेखन दिवसमा यस वर्ष पुरस्कार वितरण, परम्परागत लिपि सम्पदा अनुष्ठान र डिजिटल सांस्कृतिक नवप्रवर्तनमा केन्द्रित कार्यक्रमको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो।

तिब्बती लिपि ३० व्यञ्जन र ४ स्वर वर्णसहितको वर्णमाला प्रणाली हो। यसको सुलेखन कला र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजित उक्त कार्यक्रममा सुलेखन प्रतियोगिताका विजेतालाई सम्मान गर्नुका साथै नयाँ सुलेखन डिजाइन सार्वजनिक गरिएको थियो। डिजिटल प्रविधिमार्फत परम्परागत लिपिको संरक्षण र नवीनतम प्रस्तुतिलाई कार्यक्रममा विशेष जोड दिइएको आयोजकले जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button