२० बैशाख २०८३, आईतवार

अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी जीसीमाथि लापरबाहीको छानबिन, एसएसपी पोखरेलको नेतृत्वमा समिति गठन

अर्घाखाँची — जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जीसीमाथि तीन वर्षअघिको एक अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन सुरु भएको छ।

२०८० साउन २६ गते भूमिकास्थान–७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा अनुसन्धान गर्दा लापरबाही भएको जनाउँदै जीसीमाथि छानबिन थालिएको हो। हातहतियार खरखजाना भवितव्यका रूपमा अनुसन्धान गरिएको उक्त मुद्दामा तत्कालीन डीएसपी जीसी नेतृत्वको टोलीले ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान गर्दा पक्राउ परेका मृतकका दाइ निमबहादुर केसीलाई अर्घाखाँची जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

उक्त अनुसन्धानमा लापरबाही देखिएपछि जीसीमाथि छानबिन गर्न एसएसपी दीपक पोखरेलको नेतृत्वमा समिति गठन गरिएको स्रोतले जनाएको छ। समितिले आफ्नो प्रतिवेदन तयार गरिरहेको बुझिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button